मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको वाणगंगास्थित आवर विज्जडमलाई ‘उत्कृष्ट मावि सम्मान’

कपिलवस्तुको वाणगंगास्थित आवर विज्जडमलाई ‘उत्कृष्ट मावि सम्मान’

अपि टाइम्स

कपिलवस्तु । फोकस नेपाल संस्थाले कपिलवस्तुको बाणगंगा १ बैरिया स्थित आवर विज्जडम आवासिय माध्यमिक विद्यालयलाई उत्कृष्ट मा।वि।सम्मान–२०८० बाट सम्मानित गरेको छ । फोकस नेपालले यस अघि विद्यालयलाई २०७९ मा शिक्षा सेवा सम्मानबाट पुरस्कृत गरेको थियो ।

फोकस नेपालले कपिलवस्तुको एक मात्र विद्यालय आवर विज्जडम आवाशीय माविलाई काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी उत्कृष्ट राष्ट्रिय मा।वि। सम्मान २०८० बाट सम्मानित गरिएको विद्यालयका प्राचार्य नारायण शर्मा न्यौपानेले जानकारी दिए।
न्यौपानेले आफ्नो कार्य व्यस्ततका कारण कार्यक्रममा सहभागी हुन नसकेको र प्रमुख अतिथि पूर्व मन्त्री तथा सांसद अर्जुन नरसिंह के।सीबाट विद्यालयका प्रतिनिधिको रुपमा सुपुत्र सुभम शर्मा न्यौपानेले पुरस्कार ग्रहण गरेको बताए ।
न्यौपानेले दोस्रो पटक सम्मानित हुँदा कपिलवस्तु महामानव गौतम बुद्धको क्रिडास्थल मात्र नभई शिक्षा क्षेत्रको हवको रुपमा विकास भएको पुष्टि भएको लुम्बिनी हवलाई बताए । सम्मान कार्यक्रममा पूर्व मन्त्री तथा सांसद अर्जुन नरसिंह केसीले शिक्षा देशको मेरुदण्ड भएको र गुणस्तरीय शिक्षामा अनवरत प्रतिवद्व भई नेपाल सरकारको “सबैलाई शिक्षा” भन्ने नारा सफल बनाउन लाग्न सम्मानित हुने सवैलाई आग्रह गरे ।

‘विद्याधनं सर्वधन प्रधानम्” भन्ने उद्देश्यले स्थापित भई पर्याप्त भौतिक पूर्वाधार भएका, दक्ष र अनुभवि शिक्षक शिक्षिकाहरुबाट अध्ययन अध्यापन, समयानुकूल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगत बर्षहरुको परीक्षाको नतिजालाई आधार मानेर देशभरिको माविहरुबाट उत्कृष्ट माविमा पर्न सफल भएकाले आगामी दिनहरुमा पनि प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदानमा निरन्तर लाग्ने विश्वासका साथ फोकस नेपाल संस्थाद्वारा आयोजित विशेष समारोहमा राष्ट्रिय शिक्षा सम्मान २०८० द्वारा सम्मानित गरेको फोकस नेपाल संस्थाले जनाएको छ ।

समाजसेवी एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ पौडेलले फोकस नेपालद्वारा विद्यालय सम्मानित भएकोमा शिक्षक, विद्यार्थी, अभिभावक सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालयले जिल्लामै नमुना र उत्कृष्ट विद्यालयको रुपमा आफ्नो गरिमा कायम गर्नेमा आफू विस्वस्त भएको र दोस्रो पटक विद्यालय सम्मानित हुँदा गर्वको अनुभूति भएको बताए ।