मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु, सावधानीपूवर्क गाडी चलाउन आग्रह

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु, सावधानीपूवर्क गाडी चलाउन आग्रह

अपि टाइम्स

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

अस्ति बिहीवार दिउँसो पहिरो झरेपछि सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । बिहीवार दिउँसोपछि हिजो बेलुका ५ बजेमात्रै खुलेको सडक आज बिहान सवा ३ बजे पहिरो झरेपछि पुनस् बन्द भएको थियो । त्यसलाई पन्छाएर सडक सञ्चालनमा ल्याएको केहीबेरमै पुनः पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।

सडक सञ्चालनमा आए पनि पहिरो झर्ने क्रम कायमै रहेकाले सावधानीपूवर्क गाडी चलाउन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ । सडक बन्द हुने र खुल्ने क्रम चल्दा धेरै गाडी लाइनमा रहेकाले सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक कार्यालय भरतपुरले जनाएको छ ।