मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा दलित भन्दै कोठाबाट निकाल्ने घरबेटी पक्राउ

दाङमा दलित भन्दै कोठाबाट निकाल्ने घरबेटी पक्राउ

अपि टाइम्स

दाङ । दाङमा दलित भएको भन्दै कोठाबाट निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं १७ का ताराप्रसाद पोखरेललाई शनिवार आज पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पोखरेलले आफ्नो घरमा भाडामा बसेका पञ्चल देवल नगरपालिका(७ पुल्तोला अछामका महेन्द्र विक र अदानचुली गाउँपालिका(३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ ।

पोखरेलमाथि प्रहरीले जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ ।