मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ हजार ५ सय ९० जना कर्मचारी, जसले बुझाएनन् सम्पत्ति विवरण

९ हजार ५ सय ९० जना कर्मचारी, जसले बुझाएनन् सम्पत्ति विवरण

अपि टाइम्स

काठमाण्डौ । आर्थिक वर्ष २०७८र७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार ५ सय ९० जना कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिससहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने ९ हजार ५ सय ९० जना पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र ९कार्यसञ्चालन० नियमावली, २०६५ को नियम १० ९२० कमोजिम पाँच हजार जरिबाना समेतका लागि आयोगलाई पत्रलेखेर पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

निजामती कर्मचारीका ३ हजार ४ सय ५३, नेपाल प्रहरीका १ सय १३, शिक्षक १ हजार १ सय ५८, राजनीतिक नियुक्ति तथा करारतर्फका १ हजार ९ सय २२ जना कर्मचारी रहेका छन् ।

यसैगरी, प्रदेशतर्फका १ हजार २७ तथा पालिकाका १ हजार ९ सय १७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।