मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४६.५ ओभरमा १ सय ८१ रन बनाउँदा यूएई अलआउट, नेपालको सानदार बलिङ

४६.५ ओभरमा १ सय ८१ रन बनाउँदा यूएई अलआउट, नेपालको सानदार बलिङ

अपि टाइम्स

काठमाडौँ — नेपालले विश्वकप छनोट क्रिकेटमा यूएईविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएई हरारेको ताकसिंगा स्पोर्टस् क्लबमा ४६.५ ओभरमा १ सय ८१ रनमा अलआउट भयो ।

खेलको दोस्रो बलमै करणले आसिफ खानलाई विकेटकिपर अर्जुन साउदबाट क्याच आउट गराई नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । नियमीत कप्तान मोहम्मद वासिम बिना खेलेको यूएईले त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेलमा यूएईको कप्तानी गरिरहेका वृत्या अरविन्द र अर्यांश शर्माले दोस्रो विकेटमा ६४ रन जोडे । अर्यांशले ४३ बल खेली ३ चौकासहित २८ रन बनाए । गुल्शन झाले वृत्यालाई बोल्ड गरि नेपाललाई महत्वपूर्ण सफलता दिलाए । वृत्याले ७५ बल खेली ४ चौकासहित ४४ रन बनाए ।

रमिज सेहजाद १० रनमा आउट भए । रोहन मुस्ताफा र बसिल हमिदले पाँचौं विकेटमा ५८ रनको साझेदारी गरे । करणले बाउन्सर बलमा मुस्ताफालाई आउट गरे । मुस्ताफाले ५६ बल खेली ३ चौकासहित ३५ र बसिलले ३५ बल खेली २ चौकासहित २९ रन बनाए ।

अलि नासिर ४, सन्चित शर्मा १२, जुनाइद सिद्धिकी शुन्य र मोहम्मद जवादुल्लाह १ रनमा आउट भए । कार्थिक मेइयापन ५ रनमा अविजित रहे । सन्दीप लामिछाने र करणले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ र करण केसीले ८।५ ओभरमा ३६ रन खर्चे । प्रतिश जिसी, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले १–१ विकेट लिए ।

नेपालले अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीलाई खेलाएको छ । उनीहरुलाई आसिफ शेख, कुशल मल्ल र ललित राजवंशीमा खेलाएको हो । यस खेल जित्नेले आयरल्यान्डसँग सातौं स्थानको प्ले अफ खेल्ने छ भने पराजित हुने टोलीले अमेरिकासँग नवौं स्थानको प्लेअफ खेल्ने छ ।