मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारले आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने

बारले आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने

अपि टाइम्स

काठमाडौँ । नेपाल बार एशोसिसनले घुस माग्ने कर्मचारीको पक्ष लिएर कानून व्यवसायीलाई फसाएको भन्दै सोमबार देशैभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ । आइबार एक विज्ञप्ति जारी गर्दै बारले देशैभरीका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गरेको हो ।

बारका अध्यक्ष गोपाकृष्ण घिमिरे र महासचिव अञ्जीता खनालद्वारा हस्ताक्षारित विज्ञप्तिमा गत असार १३ गते ललितपुर जिल्ला अदालतमा अदालती काम कारवाहीका सन्दर्भमा सेवा लिनेरदिने क्रममा उच्च अदालत बार एसोसिएशन पाटनका सदस्य अधिवक्ता अमिर लामिछाने र जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रमिका तामाङले मुद्दामा भएको आदेश हेर्नलाई घुस मागेको विषयमा अधिवक्ता लामिछानेलाई एकतर्फी दोषी देखाएको भन्दै बारले विरोध जनाएको छ ।