मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. शर्मालाई ५० हजार रुपैयाँको ‘राष्ट्रिय सहकारी सम्मान’

डा. शर्मालाई ५० हजार रुपैयाँको ‘राष्ट्रिय सहकारी सम्मान’

अपि टाइम्स

काठमाडौं । सहकारी अभियन्ता डा.शान्तराज शर्मालाई ‘राष्ट्रिय सहकारी पुरस्कार २०७९’ बाट सम्मान गरिएको छ । नेपालमा सहकारीको स्थापना र विकास हुने क्रममा महत्वपूर्ण भूमिका निर्वाहा गरेको भन्दै राष्ट्रिय सहकारी महासंघले डा. शर्मालाई ५० हजार राशीको पुरस्कारले सम्मान गरेको हो ।

१०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा शनिबार ललितपुरमा विशेष कार्यक्रममार्फत् पुरस्कार प्रदान गरिएको थियो । नेपालको सहकारीको विकास गर्न र अन्र्तराष्ट्रिय जगतसम्म पुर्याउन शर्माको विशेष योगदान रहेको भन्दै पुरस्कार प्रदान गरिएको महासंघका अध्यक्ष मिनराज कडेलले बताए ।

१९८९ मा क्यनाडाबाट सहकारी र योजनाबद्ध बिकास मा पोस्ट ग्राजुअट डिप्लोमा र २००६ मा अर्थशाष्त्र विषयमा विद्याबारिधी गरेका शर्माले नेपालको सहकारी आन्दोलन, भारतको अमुल डेरी सहकारी आन्दोलन, श्रीलंकाको बचत क्रण सहकारी आन्दोलन (सनासा) को अध्ययन गरेका छन् । तिनै अध्ययनको जगमा नेपालमा सहकारीको विकास भएको मानिन्छ । अध्यक्ष कँडेलले सम्मान समारोहमा अभियान्ता शर्माको विशेष योगदानको प्रसंसा गरेका थिए ।

आफूलाई सम्मान गरेकोमा महासंघलाई धन्यबाद दिँदै डाक्टर शर्माले आगामी दिनमा पनि आफ्नो योग्यतामार्फत् सहकारी आन्दोलनमा देन दिने बताए ।

हिजोको तुलनामा अहिले सकारीमा विकृति फैलिएको भन्दै यसलाई रोक्न महासंघले विशेष कदम चाल्नु पर्ने उनले अपि टाइम्सलाई बताए । शर्मा काम विशेषले अहिले क्यानाडामा छन् । पुर्खयौली घर बाग्लुङ रहेका शर्मा हाल जन जीवराज सुशिला हाई स्कुल र निसी भुजी जनाता क्याम्पस बुर्तिबाङ बाग्लुङका अध्यक्ष छन् ।