मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदीजन्य पदार्थ चोर्नेमाथि मेयर थापाको एक्सन, डम्पिङ गरिएको सामग्री जफत

नदीजन्य पदार्थ चोर्नेमाथि मेयर थापाको एक्सन, डम्पिङ गरिएको सामग्री जफत

अपि टाइम्स

बाणगंगा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नदीजन्य पदार्थको चोरी गर्नेमाथि कठोर कदम चालेका छन् ।

सोमबार मात्र नदीजन्य पदार्थ चोरी गरी अवैध रुपमा डम्पिङ गरी राखिएको सामग्री नगर प्रमुख थापाको सक्रियतामा जफत गरिएको छ ।

बर्खा लागेसँगै शिवराज भित्र नदीजन्य पदार्थ चोर्ने गिरोह सक्रिय हुँदै आएको छ । हिउँदभरी ठेक्का मार्फत नदीजन्य पदार्थ निकाल्ने गरेपनि बर्खामा ठेक्का लागेको हुँदैन् । यसैको मौका छोपेर बर्खामा नदीजन्य पदार्थको चोरी हुने गरेको छ ।

नगर प्रमुख थापाले नदीजन्य पदार्थ चोर्ने जो कोहिलाई बाँकी नराख्ने चेतावनी दिदैं आएका छन् । उनले अब नदीजन्य चोरी गर्नेमाथि जरिवान तोकेरै अगाडी बढ्ने बताएका छन् ।

नगर प्रमुख थापाका अनुसार नदीजन्य पदार्थ चोर्नेलाई प्रति ट्याक्टर ५० हजार, प्रति टिप्पर एक लाख, प्रति जेसिबी एक लाख ५० हजार जरिवान तिराईदिनेछ ।

यस्तै दोस्रो पटक पनि चोरी गरेको पाइए सिधै दुई लाख जरिवाना तिराइने छ भने तेस्रो पटक भेटिए साधन नै लिलामीको प्रक्रियामा लैजाने उनले प्रष्ट पारेका छन् ।