काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लागेको टिप्पणी गरेका छन् ।
बिहीबार फेसबुक स्टाटसमा बालेनले लेखेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लाग्यो ।’
बालेनले प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै उक्त टिप्पणी गरेका हुन् । बालेनले अगाडि लेखेका छन्,दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।
उनले यही सन्दर्भलाई उल्लेख गर्दै आफू मात्र अदालतको अपहेलनामा परेको भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन् ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।
दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा
र, म मात्र अदालतको अवहेलनामा ?
सबैजना मरेका लाशहरु हुन्’
प्रतिक्रिया