मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका जनप्रतिनिधिले यसकारण घेर्दैछन् आज सिंहदरबार

स्थानीय तहका जनप्रतिनिधिले यसकारण घेर्दैछन् आज सिंहदरबार

अपि टाइम्स

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले आज मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गर्ने भएका छन् ।

सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

स्थानीय जनप्रतिनिधिले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

सरकारले स्थानीय तहलाई यसअघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान यस वर्षदेखि कटौती गरेपछि त्यसविरुद्ध जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गानाले बताए ।