मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनलाई ओलीको चेतावनीः संसद मात्र होइन ठाउँ तोकेर बोलाए हुन्छ भीड्छौँ

गठबन्धनलाई ओलीको चेतावनीः संसद मात्र होइन ठाउँ तोकेर बोलाए हुन्छ भीड्छौँ

अपि टाइम्स

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् ।

गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । सत्ता गठबन्धनले भने राजीनामा माग्ने एमालेको कदम नै असंवैधानिक भएको ठहर गरेको छ र, संसद फेस गर्ने निर्णय गरेको छ ।

शुक्रबार स्ववियू काउन्सिलको बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता पक्षले वार्ता सम्वाद गर्नुको साटो संसदमा सामना गर्छौं भनेको बताए । ‘हिजो बिहान गठबन्धनको बैठक बस्यो र उनीहरूले मसल देखाएर आह्वान गरे पार्लियामेन्टमै भेटौंला आऊ’ उनले भने, ‘अब प्रतिपक्षले त के गर्ने रु भेटौंला भनेपछि ठीक छ ।’

उनले अगाडि थपे, ‘प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा नम्रताका साथ भन्न चाहन्छु, पार्लियामेन्टमा मात्र होइन, जहाँ भन्छ त्यहाँ हामी भीड्न तयार छौं । स्पट तोकेर बोलाए हुन्छ ।’

हालै स्ववियू चुनावमा उनीहरूको गठबन्धनलाई उत्तानो पारेको मात्र होइन, तीन पल्ट ड्याप, ड्याप, ड्याप ठोकेको भन्दै ओलीले फेरि पनि चुनौती स्वीकार गर्ने बताए ।

सरकारले उन्मादको भाषा बोलेको र अहंकारी व्यवहार देखाएको उनको आरोप छ । ‘सरकार संविधान विपरीतको व्यवहार गर्न चाहन्छ, धम्कीको भाषामा देशलाई लतारेर मानसिक दासतामा दबोच्न चाहन्छ’ ओलीले भने, ‘यो स्वाभिमानी देश तयार छैन ।’