मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामिछानेसहित शीर्ष नेता र सांसद भोलि रुपन्देहीमा, यस्तो छ कार्यक्रम

लामिछानेसहित शीर्ष नेता र सांसद भोलि रुपन्देहीमा, यस्तो छ कार्यक्रम

अपि टाइम्स

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको जम्बो टोली भोलि रुपन्देही जाने भएको छ । पार्टीको लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा सहभागि हुनको लागि सभापति लामिछानेसहित आधा दर्जन बढी केन्द्रिय नेता तथा सांसद रुपन्देही जान लागेका हुन् ।

प्रदेश कमिटिले जनाए अनुसार महामन्त्री मुकुल ढकाल, सह–महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, केन्द्रिय सदस्य विपीन कुमार आचार्य, प्रतिनिधि सभा सदस्हरु शिशिर खनाल, मनिष झा, तोशिमा कार्की, प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह, केन्द्रिय प्रशिक्षण विभागका सचिव कमल सुवेदी कार्यक्रममा सहभागि छन् । भोलि सभापति लामिछानेले समसामयिक विषयवस्तुबारे केहि समय बोल्ने कार्यक्रम रहेको बताइएको छ । प्रशिक्षण कार्यक्रम २२ गते आजबाटै सुरु भएको छ ।

भैरहवाको कार्यक्रम सकेर उपसभापति डिपी अर्यालसहितका नेता, काठमाण्डौँ–अर्घाखाँची सम्पर्क समाजको टोली कपिलवस्तु र अर्घाखाँचीको कार्यक्रममा जाने कार्यक्रम छ । रास्वपाका केन्द्रिय सदस्य अर्जुन अधिकारीले २४ र २५ गते अर्घाखाँचीका बिभिन्न ठाउँमा भेटघाट कार्यक्रम राखिएको बताए । अर्घाखाँचीमा उपचुनाव हुन सक्ने स्थितिलाई मध्येनजर गर्दै आफूहरु तयारीमा लागेको अधिकारीले बताए ।

७९ मा भएको प्रतिनिधि सभा सदस्य चुनावमा २० सिट जितेको रास्वापाले उपचुनावमा थप १ सिट जितेर संसदमा सिट संख्या २१ पुर्याएको छ । पार्टी अब मिसन २०८४ मा रहेकोले देशब्यापी संगठन विस्तार र प्रशिक्षण कार्यक्रम भइरहेको नेता जनक भुसालले अपि टाइम्सलाई जानकारी दिए ।