मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी एक हप्ताको सार्वजनिक बिदामा पनि बैंक खुल्ने

आगामी एक हप्ताको सार्वजनिक बिदामा पनि बैंक खुल्ने

अपि टाइम्स

काठमाडौं । राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि असारभर शनिबार र सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुलै हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम यो नियम कार्यान्वयन गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

२३, २४ र ३० गते बिदाका दिन राति ८ बजेसम्म र असार ३१ गते भने बेलुका ७ बजेसम्म बैंकहरु खुला राख्नु पर्ने भएको छ । यसमा नेपाल क्लयरिङ हाउस समेत खुला राख्नु पर्ने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । सो अवधिसम्म यी निकाय खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिइएको छ ।