मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलको एभरेष्ट बोर्डिङ, एसईईमा फेरि पनि अब्बल

बुटवलको एभरेष्ट बोर्डिङ, एसईईमा फेरि पनि अब्बल

अपि टाइम्स

काठमाडौँ । रुपन्देहीको बुटवल ८ सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयले ०७९ सालको एसईई परीक्षाको नतिजामा फेरि पनि अब्बलता हासिल गरेको छ ।

हरेक बर्ष उत्कृष्ट नतिजा हासिल गरी मुलुककै उत्कृष्ट स्कुल बन्न सफल विद्यालयबाट १५३ जना विद्यार्थीहरु एसईईमा सहभागि भएका थिए । जसमा ३ दशमलव २५ जिपिए भन्दा धेरै अंक ल्याउने ४० जना, २ दशमलव ८५ देखि माथि जिपिए ल्याउने ५९ जना, २ दशमलव ४५ देखि माथि जिपिए ल्याउने ३१ जना र २ दशमलव ३५ देखि माथी जिपिए ल्याउने ४ जना रहेको प्राचार्य कृष्ण न्यौपानेले बताए ।

यीमध्ये छात्रहरु प्रकट गिरी र उत्सव वि.क.ले ३ दशमलव ९० जिपिए ल्याएका छन् भने १९ जनाले ३ दशमलव ५६ देखि माथी जिपिए ल्याएको प्राचार्य न्यौपानेको भनाई छ । उपप्राचार्य उमेश रेग्मीले अहिलेको नतिजा पनि राम्रो रहेको बताए । गुणस्तरीय शिक्षा प्रदानसंगै एभरेष्ट अतिरिक्त क्रियाकलापमा पनि त्यस क्षेत्रमा अगाडी छ ।