मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थ क्याम्पसमा कक्षा ११ को पढाई अब ‘विहानी सिफ्ट’ मा पनि

सिद्धार्थ क्याम्पसमा कक्षा ११ को पढाई अब ‘विहानी सिफ्ट’ मा पनि

अपि टाइम्स

काठमाडौँ । वि. सं २०४८ सालदेखि संचलालित कपिलवस्तुकै सबैभन्दा पुरानोमध्ये एक सिद्धार्थ क्याम्पस बुङ्चीमा पहिलोपटक कक्षा ११ को पढाई ‘विहानी सिफ्ट’ मा संचालन गरिने भएको छ ।

विद्यार्थीको आवश्यकता र रुचीलाई मध्यनजर गर्दै साउन २ गतेदेखि क्याम्पसमा कक्षा ११ को पढाई विहान संचालन हुने भएको हो ।
अहिले क्याम्पसमा कक्षा ११ मा ११५ र कक्षा १२ मा १३० गरी २४५ विद्यार्थी अध्ययनरत छन् । धेरै पहिलेदेखि अभिभावक र विद्यार्थीको यस खालको माग भए पनि अहिले निर्णय गरिएको सहायक क्याम्पस प्रमुख गोविन्द खनालले बताए । खनालले नयाँ भर्ना आरम्भसंगै विहानी सिफ्ट संचालन हुने अपि टाइम्सलाई जानकारी दिए ।

यससंगै अब विहान र दिउसो दुवै समयमा कक्षा ११ का विद्यार्थीले अध्ययनको मौका पाउने छन् । क्याम्पस प्रमुख बेदराज अर्यालले विहानी सिफ्टको कक्षा संचालनले विद्यार्थीलाई थप सहज हुने बताए ।

प्राचार्य अर्यालले एसईईको नतिजा आएसंगै शिक्षा, मानविकी र ब्यवस्थापना शंकायमा कक्षा ११ मा भर्ना खुलेको समेत बताए ।
‘प्लस टु’ तर्फ शैक्षणिक कार्यक्रम संयोजक राज कुमार अर्यालले प्लस टुमा पनि अंग्रेजी र नेपाली दुवै माध्ययममा अध्यापन हुने बताए । सिद्धार्थ क्याम्पस जिल्लाकै पहिलो क्युएए मान्यता प्राप्त क्याम्पस हो ।