मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ

काठमाडौंमा मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ

अपि टाइम्स

काठमाडौं। काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(३ धार्पा घर भई हाल ललितपुरको भैसेपाटी बस्‍ने २५ वर्षीय विजय भन्‍ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका(७ धुल्खु घर भई हाल बौद्ध नयाँबस्‍ती बस्‍ने २८ वर्षीय हेमा भन्‍ने सुजन तामाङ रहेका छन् ।

उपत्यकाको विभिन्‍न स्थानहरुबाट मोटरसाइकलहरू चोरी हुने गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार विजय भन्‍ने लोकबहादुर प्राखिनलाई भैंसेपाटीबाट पक्राउ गरी सोधपुछ गर्दै जाँदा सुजन तामाङ पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वर्त चापागाउँ पठाइएको प्रहरीले जनाएको छ ।