मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण आज बुटवल जाँदैछन् रवि लामिछाने

यसकारण आज बुटवल जाँदैछन् रवि लामिछाने

अपि टाइम्स

काठमाडौँ । । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुटवल जाँदै छन् । पार्टीको लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा सहभागि हुनको लागि सभापति लामिछाने बुटवल जान लागेका हुन् ।

बुटवलको मिलनचोक स्थित एसियन पार्टी प्यालेसमा दिउसो साढे १२ बजे पार्टीको प्रशिक्षणलाई सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । केहि समय समसामयिक विषयमा आफ्नो भनाई राख्ने लामिछानेले सांगठनिक विस्तारको योजना पनि सुनाउने कार्यक्रा रहेको बताइएको छ ।

प्रदेश कमिटिले जनाए अनुसार कार्यक्रममा महामन्त्री मुकुल ढकाल, सह–महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, केन्द्रिय सदस्य विपीन कुमार आचार्य, प्रतिनिधि सभा सदस्हरु शिशिर खनाल, मनिष झा, तोशिमा कार्की, प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह, केन्द्रिय प्रशिक्षण विभागका सचिव कमल सुवेदी लगायत पनि कार्यक्रममा सहभागि छन् । प्रशिक्षण कार्यक्रम २२ गते आजबाटै सुरु भएको थियो ।

रुपन्देहीमा कार्यक्रम सकेर असार २४ र २५ गते कपिलवस्तु र रुपन्देहीमा पनि कार्यक्रम राखिएको रास्वपाका केन्द्रिय सदस्य अर्जुन अधिकारीले जानकारी दिए । अर्घाखाँचीमा उपचुनाव हुन सक्ने स्थितिलाई मध्येनजर गर्दै आफूहरु तयारीमा लागेको अधिकारीले बताए ।