मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा नेपालका ललित धिमाललाई स्वर्ण

अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा नेपालका ललित धिमाललाई स्वर्ण

अपि टाइम्स

काठमाडौं । माल्दिभ्सको मालेमा जारी १३ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ के।जी। तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

उक्त प्रतियोगितामा भारतका खेलाडी दोस्रो, चौथो तथा पाँचौं भएका थिए भने अफगानिस्तानका खेलाडी तेस्रो भए ।

असार २४ गतेसम्ममा हुने प्रतियोगितामा भोलि शनिबार उनले ओभरअल च्याम्पियन दक्षिण एशियाको उपाधिको लागि फेरि प्रतिस्पर्धा गर्नेछन् ।

उपाध्यक्ष वकिल मान तुलाधर उदासको नेतृत्वमा ३ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका थिए ।

दिनेश श्रेष्ठले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरिरहेको व्यहोरा संघका सचिव दिनेश राजभण्डारीले जनाएका छन् ।

स्मरण रहोस शारीरिक सुगठनका अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी ललित धिमालले हालै काठमाडौंमा भएको हिमालय शारीरिक सुगठन प्रतियोगितमा ओभरअल विजेता भई ५ लाख २५ हजार नगद पुरस्कार समेत जित्न सफल भएका थिए ।