मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इमर्जिङ कपमा रोहितको कप्तानी, सन्दिप र दिपेन्द्र नखेल्ने

इमर्जिङ कपमा रोहितको कप्तानी, सन्दिप र दिपेन्द्र नखेल्ने

अपि टाइम्स

काठमाडौं । १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि क्यानले १६ सदस्यिय टिमको घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको हो । नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन् ।

इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ ।

२१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । २३ जुलाईमा प्रतियोगिताको फाइनल खेल हुनेछ ।
नेपालका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को साताबाट सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि भने प्रतियोगिता नखेल्ने भएका छन् । जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी-ट्वान्टी क्यानडामा आबद्ध भएका छन् । सो लिगमा सहभागी हुन दुवै जना क्यानडा जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन् । नेपालले केही दिनमा इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले केहि युवा खेलाडीलाई मौका दिनसक्ने अनुमान गरिएको छ ।