मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश जारी

मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश जारी

अपि टाइम्स

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले ल्याएको अध्यादेश जारी गरेका छन्।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका हुन्।

अध्यादेशमार्फत् मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागिएको छ।

मिटरब्याज पीडितसँग गत चैत १७ गते सरकारले गरेको सहमतिअनुसार कानुन संशोधन गर्न सरकारले अध्यादेश ल्याएको हो।