मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अपि टाइम्स

काठमाडौँ — पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड आइतबार बिहानैदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरको टोलीले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो ।

शनिबार दिउँसो ४ बजेतिर मुग्लिन-नारायणगढ खण्डको काली खोला नजिकै सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । मुग्लिन-नारायणगढ खण्डका विभिन्न स्थानमा पहिरो जाँदा पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

गत साता पनि लगातार ३ दिनसम्म पहिरोले सडक अवरुद्ध हुँदा ठूलो संख्यामा यात्रुहरू वैकल्पिक मार्गबाट पैदल हिँड्न बाध्य भएका थिए ।