मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले सचिवालय बैठक बस्दै

नेकपा एमाले सचिवालय बैठक बस्दै

अपि टाइम्स

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा पार्टीको आन्तरिक जीवन, सांगठनिक संरचना, केन्द्रीय नेताहरूको कार्यविभाजनअनुसार कामको मूल्यांकन, देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सचिवालय बैठक बस्न अघि गत बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रुपमा छलफल गरेका थिए ।

उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बस्न लागेको हो ।