मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैलाई सँगै र साथमा लिएर हिँड्न तयार छुः सभापति देउवा

सबैलाई सँगै र साथमा लिएर हिँड्न तयार छुः सभापति देउवा

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताए।

सभापति देउवाले सबै आदिवासी जनजातिहरुको सहभागिता, समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको बताए। नेपाली कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताए।