मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्लस टु’ तर्फ उत्कृष्ट विद्यार्थीको रोजाई किन बन्छ बुटवलको एभरेष्ट ?

‘प्लस टु’ तर्फ उत्कृष्ट विद्यार्थीको रोजाई किन बन्छ बुटवलको एभरेष्ट ?

अपि टाइम्स

काठमाडौँ । प्लस टुतर्फ लुम्बिनी प्रदेशमा उत्कृष्ट विद्यार्थीको रोजाई बन्न सफल भएको छ बुटवलको एभरेष्ट इङ्गलिस बोर्डिङ माध्यमिक विद्यालय सुख्खानगर । प्लस टु मा विज्ञान र व्यवस्थापन शंकायमा अध्धयापन गराउँदै आइरहेको एभरेष्टलाई हरेक बर्ष उत्कृष्ट विद्यार्थीले रोजाईमा पार्ने गरेका छन् ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले एसईईमा उत्कृष्ट जिपिए हासिल गरेका विद्यार्थीले सुरुमा एभरेष्ट नै खोज्दै आएको जानकारी दिए । व्यवस्थापनमाभन्दा विज्ञान शंकायमा विद्यार्थीको घुईचो रहेको प्राचार्य न्यौपानेको भनाई छ । भर्ना हुन आउने धेरै विद्यार्थीलाई चाहेर पनि राख्न नसकिएको उनी दावी गर्दछन् ।

उनले भने, ‘विज्ञान शंकायमा विद्यार्थीको थामिनसक्नु भीँड हुन्छ । प्रवेश परीक्षाबाट विद्यार्थी छनौट गछौँ । चाहेर पनि धेरै विद्यार्थीलाई भर्ना लिन सकिँदैन । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जिल्लाबाट विद्यार्थी आउने गरेका छन् ।

प्लस टु तर्फका विज्ञान शंकायका विज्ञान सङ्काय संयोजक शालिकराम भण्डारीले उत्कृष्ट जिपिए हासिल गरेका विद्यार्थीको पहिलो गन्तव्य एभरेष्ट बनेकोमा खुसी ब्यक्त गरे । उनको भनाई छ ‘ए प्लस ‘र ‘ए ग्रेड’ ल्याएका विद्यार्थीको संख्याले नै सेक्सन फुल हुने गरेको छ ।सुरुदेखि नै हामीले विद्यार्थीको त्यो माया पायौँ । यहाँको भौतिक संरचना, विद्यार्थीको रेखदेख, गुणस्तरीय शिक्षा, डेडिकेटेड टिमका कारण मुलुकमै उत्कृष्टमध्येको एक विद्यालयमा गनिन सफल भएका छौँ । यसपटक पनि धेरै विद्यार्थीले आएर अवलोकन गरिसक्नु भएको छ । उनले प्लसटुपछिको पढाईमा एभरेष्टबाट उत्तिर्ण धेरै विद्यार्थीले नाम निकाल्न सफल भएको बताए ।

विद्यालयका भाइस प्रिन्सिपल भीमसेन गौतम र उमेश रेग्मीले धेरै अभिभावकले एभरेष्टलाई मन पराएको बताए । स्थापनाकालदेखि नै कहिल्यै विद्यार्थी अभाव झेल्नु परेन उनीहरुले भने, ‘चिकित्सा, इन्जिनियरिङ, फार्मेसी, नर्सिङ, बिबिए, भेटेनरी लगायतका क्षेत्रमा प्लस टु मा यहाँ पढेका धेरै विद्यार्थीले नाम निकाल्न सफल भएका छन् । यसैले भन्न सक्छौँ हामी उत्कृष्ट छौँ । यहाँको पढाई गुणस्तरीय छ । विद्यालय खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा पनि अघि रहेको बताइएको छ ।

सुरुमा कम विद्यार्थी भए पनि पछिल्लो समय व्यस्थापन शंकायतर्फ पनि विद्यार्थीको उत्तिकै भीँड रहेको विद्यालय बताउँछ ।
एभरेष्ट मावितर्फ नेपालकै उत्कृष्टमध्येको एक विद्यालय हो । यहाँबाट अध्ययन गरेका विद्यार्थीले नेपालभित्र र बाहिर पनि उत्कृष्टता हासिल गरेको उदाहरण छ ।