मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अति विपन्न भक्तबहादुरलाई कपिलवस्तु मोवाइल व्यवसायी संघको सहयोग

अति विपन्न भक्तबहादुरलाई कपिलवस्तु मोवाइल व्यवसायी संघको सहयोग

अपि टाइम्स

कपिलवस्तु । नेपाल मोवाइल व्यवसायी महासंघको स्थापना दिवसको अवसरमा कपिलवस्तुको बाणगंगामा एक विपन्न परिवारलाई संघले सहयोग प्रदान गरेको छ । कपिलवस्तु मोवाइल फोन व्यवसायी संघको आयोजनामा बाणगंगा नगरपालिका वडा नम्बर २ स्थित अति विपन्न भक्तबहादुर थापाको परिवारलाई बुधबार सहयोग प्रदान गरिएको हो ।

थापाको परिवारलाई मोवाइल फोन व्यवसायी संघका पदाधिकारीहरुले १५ हजार रुपैँया बराबरको खाद्यान्न सामग्री सहयोग प्रदान गरको कपिलवस्तु मोवाइल फोन व्यवसायी संघका अध्यक्ष माधव बन्जाडेले जानकारी दिनुभयो । थापाको परिवार अति विपन्न र शारीरिक रुपमा समेत अशक्त रहेका उनलाई बिहान साँँझको छाक टार्न समेत धौधौ परेको थाहा पाएपछि संघले स्थापना दिवसको अवसरमा उक्त सहयोग प्रदान गरेको हो ।

कपिलवस्तु मोवाइल फोन व्यवसायी संघका अध्यक्ष माधव बन्जाडेसहित केन्द्रिय सदस्य तथा नेपाल मोवाइल व्यवसायी महासंघका लुम्बिनी प्रदेश प्रथम उपाध्यक्ष केशव खनाल, संघका निवर्तमान अध्यक्ष विकास न्यौपाने, सचिव दिलिप गाहा मगरलगाएतको उपस्थितिमा थापाको परिवारलाई खाद्य सामग्री हस्तान्त्रण गरिएको जनाइएको छ ।
उक्त कार्यक्रममा संघका सदस्य तथा अन्य पदाधिकारीहरु सहित वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको समेत उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष पौडेलले कपिलवस्तु मोवाइल व्यवसायी संघले विपन्न नागरिकहरुको दैनिकी चलाउने काममा समेत आफ्नो व्यवसायलाई संस्थागत तवरबाट अगाडी बढाएको भन्दै यो राम्रो कामको सुरुवात भएको बताए ।

यस्तै संघका अध्यक्ष बन्जाडेले व्यवसायीक एकता सँगै सामाजिक कार्यमा समेत व्यसायीहरु सक्रिय बन्ने कार्यमा कपिलवस्तु मोवाइल व्यवसायी संघ निरन्तर लाग्ने बताए ।