मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भन्सारको सर्भरमा घण्टौं समस्या, राजस्व असुली प्रभावित

भन्सारको सर्भरमा घण्टौं समस्या, राजस्व असुली प्रभावित

अपि टाइम्स

काठमाडौं। आर्थिक वर्षको अन्तिम दिनआइतबार भन्सार विभागको सर्भरमा घण्टौं समस्या आउँदा भन्सार कार्यालयहरुको असुली प्रभावित बनेको छ।

४ घण्टाभन्दा बढी समय देशभरिका भन्सार कार्यालयको सर्भरमा समस्या आउँदा असुली नै बन्द भएको हो। भन्सार विभागका अनुसार सर्भर बिहान ११।१५ देखि अपराह्‍न ३।२० सम्म डाउन भएको थियो।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले चार घण्टा सर्भर नहुँदा राजस्व असुली प्रभावित बनेको बताएका छन्। पन्थीले यसका असरले राति अबेरसम्म काम गर्नुपर्ने अवस्था उत्पन्न भएको छ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले ४ घण्टा सर्भरमा समस्या आउँदा फाइलको चाङ लागेको जानकारी दिए। उनले सवा तीन बजेपछि काम सुचारु भएको जानकारी दिए।

यस्तै, भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले चार घण्टा काम अवरुद्ध हुँदा कार्यालयमा कामको लोड बढेको स्पष्ट पारे। पौडेलले यसका कारण राति ११ बजे तिर मात्रै क्लोजिङको काम सकिने बताए।

काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले पनि सवा ११ देखि सवा ३ बजेसम्म भन्सारको सर्भरमा समस्या आउँदा काम रोकिएको बताए। रेग्मीले चार घण्टा सर्भर डाउन हुँदा काम थुप्रिएर बसेको जानकारी दिएका छन्।

यता भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने असार मसान्तमा एकैपटक १०औं हजार सेवाग्राहीहरुले एकैपटक सेवा लिन खोज्दा समस्या आएको बताएका छन्। भन्सारको प्रणालीमा ओभर लोड भएकाले कार्यालयमा चाप परेको बताए।

‘सबै मान्छेहरु आज असार मसान्तमा एकैचोटि भीड लागेर आएपछि के गर्नेरु सेवाग्राहीहरु धेरै हुँदा हाम्रो प्रणालीमा भार परेको हो। धेरै समस्या छैन,’ पौडेलले बिजमाण्डूसँग भने, ‘ओभरलोड भएको हो। सबै नेपालीको बानी अन्तिम समयमा काम गरौं भन्ने छ।’