मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज नेपालले भारतको ‘ए’ टिमसंग क्रिकेट खेल्दै

आज नेपालले भारतको ‘ए’ टिमसंग क्रिकेट खेल्दै

अपि टाइम्स

काठमाडौं – श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’सँग खेल्दैछ ।

समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’सँग खेल्न लागेको हो । पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको थियो । नेपाल आज पहिलो जितका लागि मैदान उत्रने छ ।

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो ।
इमर्जिङ एसिया कपको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स ९युएई० छन् ।

यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान छन् । एसियाका आठ देश सहभागी प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । यो प्रतियोगितामा अन्य देशले युवा खेलाडीलााई अवसर दिएका छन् ।

नेपालले तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । प्रतियोगिताका खेललाई एक दिवसीय मान्यता दिइने छैन ।