मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला फुटबलमा नेपालललाई अन्तराष्ट्रिय उपाधि

महिला फुटबलमा नेपालललाई अन्तराष्ट्रिय उपाधि

अपि टाइम्स

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिजको उपाधि जितेको छ ।

आईतबार दोस्रो खेलमा बंगलादेशसँग गोल रहित बराबरी खेलेको नेपालले टाइब्रेकरमा बंगलादेशलाई पराजित गरेर उपाधि जितेको हो ।

बैकल्पिक गोलकिपर अन्जना रानामगरले दुई प्रहार रोकेपछि नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि मैत्रीपूर्ण सिरिजको निर्णय टाइब्रेकरमा गरिएको थियो ।

एशियाडको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला फुटबल टिम अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिजका लागि बंगलादेशमा गएको हो ।

पहिलो खेलमा समेत नेपालले घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपाललाई पराजित गर्दै बंगलादेशले गत वर्ष साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । नेपालले दुई खेलको मैत्रीपूर्ण सिरिजमा हराउँदै बंगलादेशी भुमिका अन्तराष्ट्रिय उपाधि भने जितेको छ ।

दुवै देशले फिफा मान्यता प्राप्त मैत्रीपूर्ण फुटबल म्याच खेलको हुन् ।