मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई बुझायो २१ बुँदे प्रतिवेदन

कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई बुझायो २१ बुँदे प्रतिवेदन

अपि टाइम्स

काठमाण्डौ । नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ । मङ्गलवारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टीलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाइसकेपछि कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनुभयो । उहाँले यथास्थितिले आउँदा दिनमा आउन सक्ने चुनौतीको सामना गर्न कांग्रेसले नसक्ने जिकिर गरे । उनले कांग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न आयामहरूमा देखिएका विभिन्न खाले समस्याहरूलाई समाधान गरेर पार्टीका अवयवहरूलाई क्रियाशील र गतिशील बनाउनुपर्ने बताए ।

कांग्रेस रूपान्तरण अभियानले गएको जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा भेला गरेको थिए । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएका थिए ।