मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलङ्काको संसद्ले भ्रष्टाचार विरोधी विधेयक पारित गर्‍यो

श्रीलङ्काको संसद्ले भ्रष्टाचार विरोधी विधेयक पारित गर्‍यो

अपि टाइम्स

एजेन्सी । श्रीलङ्काको संसद्ले बुधवार विना मतदान भ्रष्टाचार विरोधी विधेयक पारित गरेको छ । संसद्को सञ्चार एकाइका अनुसार यो विधेयक संशोधनसहित पारित भएको हो । यसअघि यो विधेयक संविधानसम्मत छ कि छैन भनेर सर्वोच्च अदालतमा पठाइएको थियो ।

अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।

श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० सँग आफ्नो देशको शासन प्रणालीमा सुधार ल्याउन र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअनुसार भ्रष्टाचार विरोधी नियमहरू ल्याउन गरेको सम्झौतासँग यो कानुन जोडिएको छ ।