मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपडेटः एक क्विन्टल सुन बरामद काण्डमा तीन जना पक्राउ, अनुसन्धान जारी

अपडेटः एक क्विन्टल सुन बरामद काण्डमा तीन जना पक्राउ, अनुसन्धान जारी

अपि टाइम्स

काठमाडौं – राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा अहिलेसम्मकै ठुलो परिमाणमा सुन बरामद गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको राससलाई जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनको भनाइ छ ।

सुन हङ्कङबाट आएको खुलेको विभागका महानिर्देशक ढुंगानाले प्रष्ट पारेका छन् । थप अनुसन्धान जारी रहेकाले बिहीबारसम्ममा धेरै कुराहरु खुल्ने उनको भनाइ छ ।