मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोराछोरीलाई सरकारी सामुदायिक विद्यालय नपढाउने कर्मचारीको करार सम्झौता हुँदैनः मेयर थापा

छोराछोरीलाई सरकारी सामुदायिक विद्यालय नपढाउने कर्मचारीको करार सम्झौता हुँदैनः मेयर थापा

अपि टाइम्स

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले सामुदायिक विद्यालयमा अनिवार्य छोरोछोरीलाई पढाउन निर्देशन जारी गरेको छ ।

वितेको हिउँदे अधिवेशनबाट नगरभित्र अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्न बनेको ऐन २०७९ जारी भएको स्मरण गराउँदै ऐनको दफा ६ बमोजिम आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न नगरपालिकाले निर्देशन दिएको हो ।

नगर प्रमुख अजय थापाले ऐनमा उल्लेख भए बमोजिम कर्मचारी र जनप्रतिनिधिलाई आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन दिइएको बताए ।

आफ्नो छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गराएका नगर प्रमुख थापाले प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेलाई एक पत्र लेख्दै शिवराज नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्न बनेको ऐन २०७९ को दफा ६ बमोजिम “सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु कर्तव्य हुनेछ” भनी उल्लेख भए बमोजिम उक्त दफा कार्यान्वयन गराउन आग्रह गरेका छन् । मेयर अजय थापाले यो नियम अनिवार्य कार्यान्वयन गर्ने बताए ।

साथै नगर प्रमुख थापाले चालु आव २०८०र०८१ मा शिवराज नगरपालिका भित्र कार्यरत विभिन्न शाखाका करार तथा ज्यालादारी कर्मचारीहरुलाई आफ्ना सन्तान सामुदायिक विद्यालयमा नपढाए करार सम्झौता नगर्न समेत प्रमुख प्रशासकीय अधिकृत पाण्डेलाई निर्देशन दिएका छन् ।