मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाको नयाँ झण्डा, रातो पृष्ठभुमिमा सेतो तारा

जसपाको नयाँ झण्डा, रातो पृष्ठभुमिमा सेतो तारा

अपि टाइम्स

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झण्डा र लोगो फेरेको छ ।

भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाका अधिवेशनमा सहभागी प्रतिनिधिहरूले झण्डा फेर्नुपर्ने माग गरेका थिए । त्यही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

विधान अधिवेशनमा १० वटा समूह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झण्डा फेर्नुपर्ने माग राखेका थिए ।

यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ । त्यस्तै यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनसार पहिलेको लोगोमा मुठीसहितको हात राखेर लोगो बनाइएको छ ।