मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको वाणगंगामा १६ बर्षिय किशोरीद्धारा गेट लगाएर आत्महत्या

कपिलवस्तुको वाणगंगामा १६ बर्षिय किशोरीद्धारा गेट लगाएर आत्महत्या

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक किशोरीले आत्महत्या गरेकी छन् । वडा नम्बर ६ मनोहरापुर स्थायी घर रहेकी १६ बर्षिय विश्मता क्षेत्रीले घरमा कोही नभएको मौका छोपी घरको बाहिरी गेटमा चुकुल लगाएर कोठामा गई पंखमा पासो लगाई आत्महत्या गरेको बताइएको छ ।

‘स्थानीय पारिजात ईङलिश बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत उनी विहिबार परीक्षा दिएर घर आएकी थिईन्’, उनको घर नजिकैका छिमेकीले अपि टाइम्सलाई भनेका छन् ‘त्यसपछि साँझ यस्तो गलत निर्णय गरिछन् । धेरै दुख लागेको छ । किन आत्महत्या गरिन् केहि पनि थाहा छैन । परिवार शोकमा डुवेको छ । आमा वेहोस् हुनुहुन्छ ।’

अहिले उनको शवलाई पोष्टमार्टमको लागि कपिलवस्तु अस्पताल तौलिहवा लपगएको छ । घटनाको कारणबारेअनुसन्धान भइरहेको प्रहरीको भनाई छ । उनका आफन्तका अनुसार उनी पढाइ र नृत्यमा तेज थिइन् ।

वाणगंगामा दिनहुँ आत्महत्याका घटना घट्न थालेका छन् । महिनामा ४ ५ जनाले आत्महत्या गर्ने गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक कोशिशबाबु जोशीले बताए । उनका अनुसार एकदिन अघि पनि जिनुवामा पनि एक जनाले आत्महत्या गरेका थिए । १६ बर्षिय किशोरीले आत्महत्या गर्नु निकै दुखद् रहेको उनको भनाई छ ।