मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घट्यो

अपि टाइम्स

काठमाण्डौ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

शुक्रवार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलामा एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको बिहीवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार घटेको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ शुक्रवार तोलामा एक हजार चार सय ८० रुपैयाँ थियो ।