काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।
नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते बिहान ११ बजे छिमेकी मित्र रास्ट्र जन गणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य युयान च्याच्युन नेपाल आउन लागेका हुन् । च्या २५ सदस्यीय टोलीसहित महत्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आउँदैछन ।
च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख योया ९सरला० नेपाल आइसकेकी छिन् । चिनियाँ विदेश विभागकी कुटनीतिज्ञले आफनो नेपाली नाम सरला राखेकी छन् ।
शनिवार नेपाल आइपुगेकी सरलाले च्याच्युनको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन् । च्याच्युनले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटघाट गर्ने बताइएको छ ।
प्रतिक्रिया