मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा अनुदानको मल ससुराली घर लुकाउने सहकारीका अध्यक्ष पक्राउ

कपिलवस्तुमा अनुदानको मल ससुराली घर लुकाउने सहकारीका अध्यक्ष पक्राउ

अपि टाइम्स

कपिलवस्तु । अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्ष पक्राउ परेका छन् । एक साताअघि कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादवले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्वीन्टल डिएपी र १४ क्वीन्टल युरिया खरिद गरेर लगे ।

किनेको मल उनले सोही गाउँपालिका वडा नम्बर ६ स्थित आफ्नै ससुरा बनारसी यादवको घरका पुर्‍याएका थिए । ससुरालीको घरमा लगेको मल उनले बढी पैसा लिएर केही बोरा डिलर र अन्य मानिसहरूलाई बिक्री गरे ।
कृषकहरूले यो कुरा थाहा पाएपछि हल्ला चल्यो । सामाजिक सञ्जालमा समेत यो कुरा बाहिर आयो ।

अध्यक्ष यादवको उक्त क्रियाकलाप सार्वजनिक भएपछि प्रहरीले छापा हानेर ५४ बोरा रासायनिक मल बरामद ग¥यो । प्रहरीले छापा मार्नुअघि उनले ३२ बोरा मल बेचिसकेका थिए । प्रहरीले सहकारीका अध्यक्ष भागिरथीलाई बिक्री गर्न बाँकी मलसहित पक्राउ गरेर अपचलनको मुद्दा अगाडि बढाएको छ ।

प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार भागिरथी अहिले जिल्ला प्रहरी कार्यालयमा थुनामा छन् भने बरामद मल वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।