मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्तिमा २०% घर वहाल घटाउन उद्योग व्यापार संघ कपिलवस्तुको माग

कम्तिमा २०% घर वहाल घटाउन उद्योग व्यापार संघ कपिलवस्तुको माग

अपि टाइम्स

बाणगंगा । उद्योग व्यापार संघ कपिलवस्तुले कम्तिमा २० प्रतिशत घर वहाल घटाउन माग गरेको छ । कोभिडको महामारीपछि उद्योगी ब्यवसायी मारमा परेको हुनाले ब्यवसायिक घर र जग्गा तथा सटरधनीलाई संघले यस्तो माग गरेको हो ।

शनिवार संघको कार्यालय वाणगंगा ४ जितपुरमा बसेको सातौँ नियमित वैठकले देशका विभिन्न सहर तथा बजारमा ब्यवसायीक घर जग्गा तथा सटरहरु खालि हुँदै गैरहेको हुदा वहालमा कम्तिामा २० प्रतिशत नघटाउने हो भने भयावहको स्थिति आउने भन्दै विज्ञप्ती जारी गरेको छ ।

यसको लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने संघका अध्यक्ष खिमानन्द पौडेल कोपिलको भनाई छ । वैठकमा उद्योग ब्यापार महासंघका केन्द्रिय सदस्य टोप नारायण बेलबासे लगायतका उद्योगी व्यवसायीको सहभागिता थियो ।