मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो दिन पनि नेप्सेमा उच्च अंकको गिरावट

दोस्रो दिन पनि नेप्सेमा उच्च अंकको गिरावट

अपि टाइम्स

काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । मंगलबार ३६।१९ अंकले घटेको बजार २१६४।२१ अंकमा झरेको छ ।

मंगलबार होटल र पर्यटन उपसूचकबाहेक सबै उपसूचकहरुको मूल्य घटेको छ । मंगलबार २६७ धितोपत्रको ५३ हजार ५७० कारोबारबाट ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच भएको छ । २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

घट्दो बजारमा पनि किसान लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ । सिटी होटल, रिभर फल्स, यूनिलिभरसहितका धितोपत्रको धेरैले मूल्य बढेको छ ।

नबिल डिभेञ्चर, बीपीडब्लू लघुवित्त, सानिमा डिभेञ्चर, सिटिजन्स बैंकसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । सोल्टी होटल, शिवम् सिमेन्ट, ग्लोबल आईएमई, एभरेष्ट बैंक, कुमारी बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।