मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा २ वडाका १६३ घरधुरी डुवानमा, नगरले कहिले दिन्छ राहत ?

वाणगंगामा २ वडाका १६३ घरधुरी डुवानमा, नगरले कहिले दिन्छ राहत ?

अपि टाइम्स

कपिलवस्तु । आइतबार र सोमबार आएको बाढीका कारण वाणगंगा नगरपालिकाका २ वडाका डेढ सय बढी घर डुवानमा परेका छन् । दुईदिन आएको भिषण वर्षाका कारण वाणगंगा र कोइलीखोला बढेर आउँदा वडा नं ७ र ८ का १६३ बढी घरधुरी ढुवानमा परेको नगरपालिकाले जनाएको छ ।

लामो समयपछि आएको अकस्मातको बर्षा र बाढीले प्रभावित परिवारप्रति दुख व्यक्त गर्दै चाँडै राहत दिने नगरपालिकाले जनाएको छ । नगरको विपद् व्यवस्थापन समितिको वैठक बसेर सोमबार एक विज्ञप्ती जारी गरि नगरपालिकाले पीडित घरपरिवारलाई तत्काल राहत प्रदानका लागि बिभिन्न संघ संस्था, क्लव र व्यक्तिहरुलाई सहयोग गरि मानवीय सेवामा लाग्न समेत अनुरोध गरेको हो । तीमध्ये धेरै क्षति वडा नम्बर ७ मा भएको छ ।

७ नम्बर वडाका कोइली वनगाई, प्रगति टोल, गौरीगाउँ, शान्ति टोलमा १३० घरधुरीमा ड्वान भएर समस्या भएको वडा अध्यक्ष विष्णु गिरीले बताए । आफू डुवान भएकै ठाउँमा खटिएको भन्दै राहतको लागि नगरबाट चाँडै पहल गर्ने गिरीले बताए । यता वडा नम्बर ८ मा क्रसरदेखि पूर्वका ठाउँ, पुलचोक उत्तर सिसहनीयमा डुवान भएको छ । आइतबार राति ठुलो पानी परेपछि वाणगंगा खोलो पनि बढेको थियो । वाणगंगा उर्लेर आउँदा गाउँगाउँमा पसेको स्थानीयको भनाई छ ।

राहत दिन नगरको जहिले पनि ढिलाई र आनाकानी

आजभन्दा २ बर्ष पहिले पनि वाणगंगामा यस्तै गरी बर्षा र बाढीले क्षति गरेको थियो । त्यतिखेर पनि नगरले राहत दिने बतायो तर राहत दिन ढिलाई गर्दा आलोचित भएको थियो । समस्यामा परेका नागरिकलाई राहत दिन बिभिन्न संघसंस्था र ब्यक्ति कस्सिए । कतिपय स्थानमा राजनीति पनि भयो । राहत कसरी वितरण गर्ने भन्नेमा तँछाड मछाड भयो । अन्ततहः नगरले एकद्धार प्रणालीबाट राहत दिने निर्णय गरेको थियो ।

त्यसमा पनि उतिखेर एकरुपता भएन । नगरको निर्णयलाई कतिपयले टेरेनन् । असोजमा धान स्याहार्ने बेलामा आएको बाढीका कारण धेरै किसानले क्षति ब्यहोरेका थिए त्यतिबेला । नगरले राहत दिने भनेर वडावडामा टोल समितिमार्फत् लगत पनि संकलन गर्यो । तर नगरले राहत नदिएपछि किसानले चरम गुनासो पाखेका थिए । बिभिन्न स्थानबाट सहयोग जुटे पनि त्यसको उचित हिसाबकिताब नराख्दा समस्या परेको कुरा पनि त्यतिखेर चर्को रुपमा आएको थियो । बाढी र डुवान मात्र होइन अन्य समयमा पनि नगरले राहत र उद्धारको काममा ढिलाई गर्ने गरेको आरोप छ ।

यसपटक पनि नगरले डुवानमा परेका नागरिक र घरधनीलाई राहत दिने बताउँदै सहयोग जुटाउन आग्रह गरेको छ । सरोकारवालले दिनुपर्ने रातहत तत्काल दिने निर्णय गरेर जुटाउने कुरा गर्दै गर्न नगरको नेतृत्वलाई सुझाएका छन् । काम गर्ने सवालमा निकै पछि परेको आरोप खेपिरहेको नगरपालिकाले बाढीका कारण समस्यामा परेका नागरिकलाई तत्काल राहतको व्यस्था गर्नुपर्ने सरोकारवालाको भनाई छ ।

वास र गास हराएका परिवारलाई तत्काले राहतको व्यवस्था गर्न उनीहरुले सुझाव दिएका छन् । यता नगरप्रमुख चक्र अर्यालले डुवान भएका अरु स्थानको पनि विवरण लिइएको भन्दै राहत वितरण गर्ने काममा कुनै ढिलाई नहुने बताएका छन् । बिभिन्न संघसंस्थालाई राहत र उद्धारको लागि अपिल गर्दै उनले नगरबाट दिइने सेवा सुविधामा कुनै कमि आउन नदिने बताए । अझै पनि बाढी र डुवानको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मेयर अर्यालको नगरवासीमा आग्रह छ ।