मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा ४८ लाखसहित समातिए एक पुरुष, सुन तस्करीको शंका

कपिलवस्तुमा ४८ लाखसहित समातिए एक पुरुष, सुन तस्करीको शंका

अपि टाइम्स

तौलिहवा । कपिलवस्तु प्रहरीले एकछिनअगाडि कपिलवस्तु नगरपालिका १ नयाँटोलबाट १४ लाख ९८ हजार भारतीय रुपैयाँ तथा २३ लाख नेपाली रुपैयाँ गरी कूल ४८ लाख सहित स्थानीय सुनिल गुप्तालाई पक्राउ गरेको छ ।

श्रोतका अनुसार उक्त रकम स्थानीय एक सुन ब्यापारीको रहेको र सुन तस्करीका लागि प्रयोग गर्ने तयारी हुँदै गर्दा सुनिललाई बिशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।खुला सिमानाको फाइदा उठाउँदै कपिलवस्तुबाट भारततर्फ सुन तस्करी हुँदै आएको छ । त्यही कारण सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा दर रेट्भन्दा सस्तोमा खरिद बिक्री हुने गरेको छ ।

कपिलवस्तु प्रहरीले रकमको श्रोत नखुलेको बताएको छ । प्रहरी उपरीक्षक प्रेम बस्नेतले रकमसहित आरोपीलाई थप अनुसन्धानपश्चात् राजस्व अनुसन्धान कार्यलयको जिम्मा लगाउने बताए ।