मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मास्कीले पाए लुम्बिनीको कार्यबाहक मुख्यमन्त्रीको जिम्मा

मास्कीले पाए लुम्बिनीको कार्यबाहक मुख्यमन्त्रीको जिम्मा

अपि टाइम्स

दाङ । लुम्बिनी प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘द लियूरेट्स एण्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ मा सहभागी हुन बुधबार भारत जाने भएपछि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई प्रदान गरिएको एक मन्त्रीले जानकारी दिए ।