मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललिता निवास प्रकरणः पक्राउ गरिएका सबैको बयान सकियो

ललिता निवास प्रकरणः पक्राउ गरिएका सबैको बयान सकियो

अपि टाइम्स

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा असार १२ मा केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित चार जनालाई पक्राउ गरेको थियो । त्यसपछि पक्राउ पर्नेको संख्या २२ पुगेको छ । तीमध्ये सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत असार ५ मा सर्वोच्च अदालतको आदेशले छुटेका थिए ।

पक्राउ गरिएका अधिकांशसँग ब्युरोका अनुसन्धान अधिकृतहरुले बयान लिइसकेका छन् । हिरासतमा रहेका अधिकांशको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । उनले भने–‘सबैभन्दा पछि पक्राउ गरिएका दुईजना बाहेक अरुको बयान सकिएको छ ।’

पछिल्लो पटक साउन ८ मा नक्कली मोही सञ्जय महर्जन र सकुलानन्द महर्जन कुपण्डोलबाट पक्राउ परेका थिए । जग्गा हिनामिनामा संलग्न ४०६ जनाविरुद्ध प्रहरीले अदालतबाट पक्राउन गर्न अनुमति लिएको छ । भू–माफियासँगको मिलेमतोमा झुटा मोही खडा गरेर सरकारले अधिग्रहण गरेसकेको १४७ रोपनी जग्गा हिनामिना गरेको सिआईबीको अनुसन्धान निष्कर्ष छ ।