मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन प्रकरणः चिनियाँ नागरिकको घरमा विभागको सिल

सुन प्रकरणः चिनियाँ नागरिकको घरमा विभागको सिल

अपि टाइम्स

काठमाडौं । राजश्व अनुसन्धान विभागले लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा खानतलासी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ४ गते पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवान बस्ने लाजिम्पाटस्थित एक घरमा खानतलासी गर्दा महत्वपूर्ण कागजात र सामग्री बरामद हुन सक्ने आशंका विभागले खानतलासी गरेको हो ।

त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकको आउजाउ हुने गरेको देखिएको विभाग स्रोतले जनाएको छ । सो घरलाई अहिले विभागले सिल गरेको छ।

विभागले यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो। त्यसक्रममा ब्रेक सु बरामद गरिए पनि सुन नभेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।