मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिलिपिन्स डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु

फिलिपिन्स डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु

अपि टाइम्स

एजेन्सी । फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको उद्धारकर्ताले बताएका छन् ।

उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो । सामुद्रिक सुरक्षा गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठ डुङ्गालाई तीव्र हावाको बहावले ढलपल ढलपल पारेपछि सबै यात्रुहरू आत्तिएका थिए र उनीहरू बन्दरगाह ९बायाँ० तिर गएका थिए ।”

“उक्त हुरी तत्काल साम्य भएको थियो र डुङ्गालाई आफ्नो गन्तव्यमा जान कुनै अवरोध थिएन,” तटरक्षक बलका प्रवक्ता रियर एडमिरल अर्मान्डो बालिलोले भने ।

यात्रुवाहक डुङ्गा बिनान्गोनान नगरपालिकाबाट तालको बीचमा रहेको तालिम टापुसम्म नियमित रूपमा दौडिरहेको नगरपालिकाका उद्धार अधिकारी केनेथ सिराडोसले एएफपीलाई बताए ।

उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको र ४० जनालाई जीवित उद्धार गरेको उनले बताए ।