मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मणिपुर हिंसालाई लिएर भारतका दुवै सदनको बैठकमा अवरोध

मणिपुर हिंसालाई लिएर भारतका दुवै सदनको बैठकमा अवरोध

अपि टाइम्स

एजेन्सी । भारतको मणिपुरमा भइरहेको जातीय हिंसा नियन्त्रणको लागि पर्याप्त प्रयास नगरेको भन्दै भारतमा विपक्षी दलका सांसदहरुले दुवै सदनका बैठक अवरुद्ध गरेका छन् ।

विपक्षी सांसदहरुको अवरोधका कारण लोकसभा र राज्यसभा दुवै सदनका बैठक आउँदो सोमवारसम्मका लागि स्थगित भएको बीबीसी हिन्दीले जनाएको छ ।

विपक्षी सांसदहरु इन्डिया फर मणिपुर लेखेका पर्चा हातमा बोकेर संसद् बैठकमा प्रवेश गरेका थिए । उनीहरुले मणिपुरको अवस्था र त्यहाँको स्थिति नियन्त्रणका लागि भइरहेका प्रयासबारेमा प्रधानमन्त्री नरेन्द्र मोदी संसद् बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेका छन् ।

मणिपुरमा चलिरहेको जातीय हिंसामा एक सय ६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । ६० हजार जनाभन्दा धेरै विस्थापित भएका छन् । पछिल्लो समय महिलामाथि दुर्व्यवहारका घटना बढेपछि अन्तर्राष्ट्रिय चासो पनि बढेको छ।