काठमाडौँ । टिकटकर गरिमा शर्मा नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘दौँतरी’ मा उनि अनुबन्धित भएकी हुन् ।
यस अगाडि फिल्ममा आर्यन सिग्देल, मुकुन भुसाल र साक्षी लम्साल अनुबन्ध भैसकेका छन् ।जय माँ दुर्गे फिल्म्सको ब्यानरमा बन्ने फिल्मको निर्मातामा छिरिङ तेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले छन् ।
क्ष्मण सुवेदीले फिल्मको पटकथा तथा संवाद लेखेका हुन् ।बैशाख अन्तिमबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक भट्टराई छन् ।
प्रतिक्रिया