मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाइसेन्स परीक्षामा ५२ प्रतिशत डाक्टरहरु नै भए फेल

लाइसेन्स परीक्षामा ५२ प्रतिशत डाक्टरहरु नै भए फेल

अपि टाइम्स

काठमाडौं । विशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा ५२ प्रतिशत चिकित्सक फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको परीक्षामा ४८ प्रतिशत चिकित्सक मात्रै पास भएका हुन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा दिनका लागि कुल २१२ जनाले फारम भरेका थिए । शुक्रबारको परीक्षामा २०९ जनाले मात्रै सहभागिता जनाएका थिए ।

जसमध्ये १०१ अर्थात ४८ दशमलव ३३ प्रतिशत पास र १०३ अर्थात ५१ दशमलव ६७ प्रतिशत चिकित्सक फेल भएका हुन् ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ संस्थानको हलमा भएको परीक्षा शुक्रबार दिउँसो २ देखि ४ बजेसम्म चलेको थियो । परीक्षामा विभिन्न ३४ विषयका विशेषज्ञ डाक्टरहरुले सहभागी थिए ।