काठमाडौँ । बारम्बार हामीले भन्दै आइरहेका छौ, कलाकारहरूको सम्बन्ध गाँसिनु र टुट्नु नौलो कुरा हैन भनेर । यो क्षेत्रमा सम्बन्ध जोडिनु न नौलो कुरो हो , न टुट्नु नै । यस्ता खबरहरू हरेक महिना छापिनै रहन्छ । तर पनि हाम्रा देशका गहनाहरूलाई यस्ता खबरले केही फरक पार्दैन ।
यस्तै अहिले बजारमा अर्को जोडीको सम्बन्धमा चिसोपना आएको हल्ला चलेको छ । उक्त जोडी हुन् अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ । लामो समयको प्रेम सम्बन्धमा अहिले आएर पूर्णविराम लागेको छ । हल्ला चले अनुसार केही वर्ष अघि सौगात सृष्टिको परिवारसँग भेट्न युके पुगेका थिए । बिहेको लागी दुवै परिवार सहमत भए । तर उनीहरूको बिहे हुने छाट्काट् भने देखिएन ।
सृष्टिले सौगातसँगका तस्बिरहरू इन्स्टाग्रामबाट हटाइसकेकी छिन् । कलाकारहरूले एकाएक सञ्जालबाट तस्बिर हटाउनुको कारण नै ब्रेकअप भनेर बुझ्ने गरिन्छ । सौगात र सृष्टिबिच ब्रेकअप भएको हो या होइन त्यो त समयले नै बताउँला, तर ब्रेकअप भएपछि सृष्टि यति बेला आफ्नो परिवारसँग लन्डनमा समय बिताइरहेकी छिन् भन्ने हल्ला सिनेनगरीमा छ । यता सौगात भने भस्मे डनको सुटिङमा व्यस्त छन् ।
प्रतिक्रिया