मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवरुद्ध मुग्लिननारायणगढ सडकखण्ड सञ्चालनमा

अवरुद्ध मुग्लिननारायणगढ सडकखण्ड सञ्चालनमा

अपि टाइम्स

काठमाण्डौँ । पहिरो खसेर अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामना गाउँपालिका ५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ।